घाइते बाघले तीन गोही खायो

काठमाडाैं | साउन ३०, २०७९

घाइते बाघले तीन गोही खायो

 

चितवन राष्ट्रिय निकुञ्जको कसरामा रहेको गोही प्रजनन केन्द्रका तीन घडियाल गोही बाघले खाएको छ । बाघले गोही खाएको यहाँको यो पहिलो घटना हो । दुई बाघ जुधेपछि घाइते बनेको बाघले प्रजनन केन्द्रमा रहेका गोही खाएको हो ।
 
    

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार घाइते बाघले शिकार गर्न नसकेपछि मानिस छिर्ने गरेको केही होचो पर्खाल नाघेर प्रजनन केन्द्र छिरेको हो । यहाँ रहेका अन्दाजी १२ वर्षका माउ गोही खाएको उहाँले जानकारी दिनुभयो ।
 
    

बिहानको समयमा बाघले गोही खाएको हो । गोही खाने बाघ अन्दाजी १२ वर्षको भाले हो । सूचना अधिकारी तिवारीले भन्नुभयो, “बाघले गोही खाएको मैले सुनेको पहिलो घटना हो ।” गोही खाएपछि बाघलाई ‘डाटर्’ गरेर नियन्त्रणमा लिई बाँके पठाइएको छ । सो दिन पानी परेकाले ढिलो गरी कर्मचारी प्रजनन केन्द्र गएकाले बाघको आक्रमणबाट बचेका थिए ।
 
    

बाघले आक्रमण गरी घाइते गोहीलाई बाघ भएको स्थान नजिक लगेर राखी खान आएको समयमा बाघलाई नियन्त्रणमा लिइएको हो । यसअघि बाँकेबाट एउटा बाघ यहाँ ल्याइएको थियो । यहाँ खोर खाली नभएपछि बाँके पठाइएको हो । हाल सौराहामा दुई र कसरामा दुई बाघ खोरमा छन् ।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्